संरक्षण गतिविधिहरु
वन अतिक्रमण नियन्त्रण
सरकारी वन क्षेत्रमा अवैध रुपले आवाद, जोत, कमोत गर्ने तथा घर छाप्रो वनाई बसोवास गर्नं प्रवृतिवाट जग्गा हडप्ने क्नियाकलापबाट यो जिल्ला पनि अछुतो रहेको छैन । खास गरि अन्यन्रबाट बसाई सरी आउने विपन्न गरीब तथा टाठा बाठा भईं जग्गा हडप्ने दुबै खाले प्रृत्ति भएका बन अतिकरमणकारीको वाहुल्यता देखिन्छ र केही स्थानीयबासीबाट पनि अतिक्रमण ग्ने गरेको पाईन्छ । प्राय: चुनावी समय तथा संकटकालमा र तराई अन्दोलनको समयमा वन अतिक्रमण गर्ने कार्य बढेको थियो तथापि प्रायः जसो वन अतिकमण पुरानो रहेको छ भने केही - अतिक्नमित क्षेत्रमा विगतका बर्हरुमा अतिक्मण हटाउने कार्य भई बन षेत्र पुन्थापना गरिएको छ आ.व.0७९ /040 को वन अतिकऋ्रमण नियन्त्रणसम्बन्धी विवरण देहाय बमोजिम रहेको छ I
वन डढेलो रोकथाम
जिल्लाको वनजंगललाई डढेलोबाट बचाउन डिभिजन वन कार्यालयले विगत देखि नै डढेलो रोकथाम कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । यस जिल्लाको तराई र चुरे पर्वतमा अवस्थित वन जंगलहरु वर्षेनी डढेलोबाट प्रभावि भएको पाईन्छ । जलवायु परिवर्तनबाट भएको तापक्रम बृद्धि, खडेरी, अनावृष्टिका कारण डढेलोको प्रकोप वर्षेनी बढ्दै गईरहेको पाईएको छ । सुख्खा याममा खास गरी चैत्र देखि जेष्ठ महिनासम्म मनसुन सुरु नहुन्जेल वर्षको २/३ पटक वनमा डढेलो लाग्ने गरेको छ । यसले गर्दा वनमा भएको स-साना विरुवा, पुनरुत्पादन डढेर जान्छ साथै वन्यजन्तुहरुको बासस्थानमा खलबल पर्दछ । भुँइमा बस्ने चराहरुको गुँड, फुल तथा बच्चाहरु जलेर नष्ट हुन जान्छन। यस्तो डढेलो जानी-जानी गोठालाहरुले गाइ बस्तुको लागि नयाँ घाँसको पुर्नउत्पादनका होस भनेर लगाउने गर्दछन् । कहिलेकाहीँ वनको बाटो भएर हिड्ने बटुवा, वनमा काठ दाउरा संकलन गर्ने मानिसहरुले फालेका चूरोट तथा विँडीका ठुटोहरुबाट पनि आगो सल्किन गई डढेलो लाग्ने गर्दछ । यस्ता वन डढेलोले वन जंगलमा वर्षेनी ठूलो नोक्सानी हुने गरेको छ । वन डढेलो लाग्ने समयमा डढेलो रोकथाम सम्बन्धी प्रचार-प्रसार गराई आवश्यक जनशक्ति परिचालन गरी डढेलो नियन्त्रण गर्ने प्रयास गरीएको छ ।
चोरी निकासी नियन्त्रण
देशमा असहज परिस्थितीका बावजुद पनि वनको संरक्षण गर्न स्थानीय जनता तथा सुरक्षा निकायहरुसंग समन्वय गर्दै यस कार्यालय अन्तर्गत भएका जनशक्तिको प्रयोग गरेर वनको संरक्षण गरी अवैध कटान तथा चोरी निकासी रोक्ने कार्य गरिदै आएको छ । यस जिल्लाका विभिन्न सव डिभिजन वन कार्यालय तथा वन पेशावर व्यक्तिहरुद्धारा मात्र वन जंगल हानी नोक्सानी तथा चोरी कटानी गर्ने ब्यक्तिहरुको पहिचान गर्न नसकिने अवस्थाले गर्दा सुराकीहरुको समेत सहयोगबाट त्यस्ता व्यक्तिहरु पक्राउ गरी मुद्धा दायर गर्ने गरिएको छ । यस जिल्लामा वन जन्य वस्तुहरु चोरि निकासी हुने नाकाहरु मनवा बजार देखि उत्तर, सद्धिपुर, बढनिहार फेन्टी खोला, करजनिया खोल देखि उत्तर आदी रहेको छ । आ.व. ०७९/०८०मा दर्ता भएका मुद्दाहरुको विवरण तलको गरिएको छ ।