हाम्रो बारेमा

पर्सा जिल्लामा वनको कूल क्षेत्रफल ७३,२५० हेक्टर भएता पनि ११,५२७.४७ हेक्टर मात्र डिभिजन न कार्यालयको कार्य क्षेत्र भित्र पर्दछ, अन्य भाग चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको कार्यक्षेत्रमा पर्दछ। विकेन्द्रीकरण ऐन, २०३९ लागु हुनु पूर्व यस जिल्लाको वन क्षेत्रको संरक्षण, सम्वर्द्धन तथा सदुपयोग वीरगंज डिभिजन वन कार्यालयबाट हुने गर्दथ्यो । वि.सं. २०४० सालमा पर्सा जिल्लामा जिल्ला वन कार्यालयको स्थापना भयो । तत्कालिन श्री ५ को सरकारले वन नीति, २०५७ मार्फत तराई, भित्री मधेश तथा चुरे वरिपरिको वन क्षेत्रमा सरोकारवालहरुको साझेदारीमुखी जनसहभागितामा आधारित एकीकृत व्यवस्थापन कार्यक्रम नेदरल्याण्ड सरकारको सहयोगमा तराई तथा शिवालिकको लागि जैविक विविधता क्षेत्र कार्यक्रम (BISEP-ST Program) मार्फत अघि सारेको थियो । यस जिल्लामा आ.व. २०५९/०६० देखि नेदरल्याण्ड विकास नियोग (SNV - Nepal) को सहयोगमा BISEP- ST Program संचालित थियो । उक्त कार्यक्रमको अवधि आ.व. २०६९/०७० मा समाप्त भयो । यस कार्यालयको क्षेत्राधिकार भित्र सबैया साझेदारी वन व्यवस्थापन समूह, विन्दवासिनी कोईलाभार बढनिहार वन व्यवस्थापन समूह र गादीमाई वन व्यवस्थापन समूह रहेका छन् । आ.व.२०७९/०८० मा यस कार्यालयबाट संघिय सरकार तथा प्रदेश सरकारको विभिन्न कार्यक्रमहरु संचालन भएको थियो । यस कार्यालयको मातहत ६ वटा सव डिभिजन वन कार्याल वन क्षेत्रको निकट हुने गरी स्थापना तथा संचालन गरिएको छ ।